संखुवासभामा तेस्रो पटक निषेधाज्ञा थप
निषेधाज्ञा जेष्ठ २५ गते सम्म लम्बियो

खाँदबारी, जेठ ११ – जिल्ला प्रशासन कार्यालय संखुवासभाले निषेधाज्ञाको समयावधि तेस्रो पटक थप गरेको छ । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्ला भर लागु हुने गरि जेठ २५ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा अवधि थप गर्नुभएको हो । जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले जेठ २५ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम २०७८ बैशाख २६ गते राति १२ बजे देखि लागु भएको निषेधाज्ञालाई जेठ २५ गते मंगलबार राति १२ बजे सम्म लागु हुने गरि निरन्तरता दिने निर्णय भएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताउनुभयो । घिमिरेले सदरमुकाम खाँदबारी लगायत जिल्लाका मुख्य बजार क्षेत्रहरुको निषेधाज्ञामा एकरुपता कायम गर्ने समेत निर्णय भएको बताउनुभयो ।
सार्वजनिक निर्माण काममा प्रयोग हुने सवारी साधनलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै निर्माण सामग्री ढुवानी गर्न पाउने व्यवस्था गरिएको छ । दैनिक उपभोग्य बस्तुको किनमेलको समय बिहान ७ बजे देखि ९ बजेसम्म मात्र खोल्न दिइने साहायक प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।
पछिल्लो समय सदरमुकाम लगायत जिल्लामा संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । हाल सम्म जिल्लामा चैत्र १९ फछि हालसम्म संक्रमितको संख्या ५ सय ८८ जना रहेको छ । त्यस मध्ये ३ सय ५१ जना सत्रिय संक्रमित रहेको र २ जनाले कोरोना भाईरसका कारण ज्यान गुमाएको जिल्ला स्वास्थ कार्यालय संखुवासभाले जनाएको छ ।
संखुवासभामा पहिलोपटक वैशाख २६ गते राति १२ बजेदेखि लागू हुनेगरी ७ दिने निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि निरन्तर निषेधाज्ञाको समयावधि थप हुँदै आएको छ ।
क्याटेगोरी :
विशेष,
समाचार
ट्याग : ##कोभिड१९, #corona update, #hot, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्