प्रधानमन्त्रीसँग अरु बिकल्प नरहेको भन्दै जसपा ठाकुर-महतो पक्षले गर्यो निर्वाचन घोषणाको स्वागत

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई स्वागत गरेको छ।
जसपाको ठाकुर महतोनिकट नेता सर्वेन्द्र नाथ शुक्लाले आफ्नो पार्टी ताजा जनादेशको पक्षमा रहेको भन्दै प्रधानमन्त्रीको कदमको स्वागत गरेको हो । ‘एमाले र जसपामा अस्थिरताको द्योतक देखियो। अराजकता देखियो। यस्तो अवस्थामा प्रधानमन्त्रीसँग प्रतिनिधि सभा विघटनको विकल्प थिएन,’ शुक्लले भन्नुभयो, ‘प्रधानमन्त्रीले संविधानसम्मत ढंगले काम गरेकाले अब निष्पक्ष निर्वाचनका लागि सबैले सहयोग गर्नुपर्छ।’
संविधानको धारा ७६ को उपाधारा (५) अन्तर्गत सरकार बन्न नसक्ने नसक्ने निर्धारण गर्ने राष्ट्रपतिको स्वविवेकीय अधिकार रहेको भन्दै उहाँले उपाधारा (५) अन्तर्गत सरकार नबनेपछि प्रधानमन्त्री ओलीसँग अरु विकल्प नरहेको प्रष्ट पार्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्