Techie IT
बिहीबार, जेठ २,२०८२

टोखाका मेयर अधिकारीको जनप्रीय कदम : मध्यराती ग्रीनसीटी अस्पताललाई अक्सीजन दिँदा बच्यो २८ जनाको ज्यान


काठमाडौं । टोखाा नगरपालिकाका मेयर प्रकाश अधिकारीले ग्रीन सीटी अस्पताललाई १० वटा अक्सीजन सीलीण्डर सहयोग गरेको छ ।

मध्यराती अस्पतालमा अक्सीजनको हाँहाकार भएपछि मेयर अधिकारीले नगरपालिकाको तर्फबाट सहयोग गरेका हुन ।

ग्रीन सीटी अस्पतालकी निर्देशक रेनु गुरुङ्गका अनुसार भेन्टीलेटरमा रहेका १३ जना बिरामी तथा आइसीयूमा रहेका १५ जना बिरामीहरुलाइ राती १ बजे अक्सीजन अभाव  भएपछि  नगरप्रमुखलाई फोन गरेको र उहाँको अगुवाइमा १० सिलिण्डर अक्सीजन वितरण गरिएको हो ।

समयमानै अक्सजीजन प्राप्त गर्दा २८ जना बिरामीको ज्यान जोगाउन अस्पताल सफल भएको निर्देशक गुरुङ्गको भनाई छ ।

ग्रीन सिटी अस्पतालले मेघा पार्टी प्यालेसमा थप २५ शैया कोभीड बिरामीहरुलाई तयार गरेको छ ।

यसैबीच टोखा नगरपालीकाले कोभीडबिरुद्धको लगाईमा सम्पूर्ण पूर्वाधारको तयारी गरीसकेको छ भने आवश्यक अनुसार अक्सीजनको पनि ब्यवस्थापन गरिसकेको मेयर प्रकाश अधिकारीले बताए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ग्रीनसीटी अस्पताला, #टोखाका मेयर अधिकारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:13 am6:46 pm +0545