दुईदिने सुत्केरीलाई कोरोना संक्रमण

संखुवासभा जिल्ला अस्पतालमा दुई दिने सुत्केरीलाई समेत कोरोना संक्रमण भएको छ । आमा र बच्चाको अवश्था बिग्रिएपछि सभापोखरी गाउँपालिका २ का २८ बर्षिया रुपा तामाङको बुधबार सल्यक्रियाबाट सुत्केरी गराईएको थियो ।
बुधबार सुत्केरी भएकी रुपालाई बिहीबार र शुक्रबार कोरोना संग मिल्दो जुल्दो लक्षण देखिएपछि परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । अप्रेशनमा सम्लग्न चिकित्सक डा. भिमबहादुर लामाले उनलाई सुत्केरी गराउँन ल्याउँदा नै कोरोना संक्रमण भएको अनुमान गरे । जताततै संक्रमण फैलिएकाले उनको जिल्ला अस्पतालमा सल्यक्रियाबाट बच्चा निकालिएको थियो ।
कोरोना संक्रमण देखिएपछि सुत्केरीलाई अस्पतालभित्र बेग्लै आईसोलेसन वार्ड बनाएर उपचार सुरु गरिएको छ । डा. लामाको नेतृत्वमा उनको अप्रेशन गरिएको थियो । सुत्केरी र बच्चाको अवश्था भने सामान्य छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : ##कोभिड१९, #corona update, #जिल्ला अस्पताल संखुवासभा, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्