पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाद्वारा ‘आपतकालीन राहत कोष’ स्थापना

काभ्रेपलाञ्चोक।कोरोना कहरकै बीचमा पनि अग्रपङ्क्तिमा रहेर काम गर्ने पत्रकारको सहयोगका लागि कोरोना भाइरसको प्रभावले पर्ने कुनै पनि असहज परिस्थितिमा पत्रकारलाई राहत उपलब्ध गराउने उद्देश्यले नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले रु पाँच लाखको ‘आपतकालीन राहत कोष’ स्थापना गरेको छ ।
पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष बद्रीराज तिमल्सिनाले राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखामा खाता खोलेर आफ्नो तर्फबाट सोमबार रु १० हजार रकम जम्मा गरी सो कोष स्थापनाको घोषणा गरेका हुन्।
समाचार सङ्कलनका क्रममा अग्रपङ्क्तिमा खटिने धेरैजसो सञ्चारकर्मीको तलब, सेवा सुविधालगायत बीमा, बोनस, सञ्चयकोष केही पनि नहुने र पाएको जागिरको तलबसमेत समपमामा उपलब्ध नहुने वास्तविकतालाई ध्यानमा राखेर गाह्रो र अप्ठ्यारो पर्दा मद्दत गर्ने उद्देश्यले सो कोषबाट सहयोग गर्ने गरी कोष स्थापना गरेको महासङ्घले जनाएको छ ।
कोरोनाकै कारण कुनै पनि असहज परिस्थितिमा पत्रकारलाई थोरै भए पनि राहतको महसुस गराउन सकियोस् भन्ने उद्देश्यले नेपाल पत्रकार महासङ्घ काभ्रेले रु पाँच लाखको आपतकालीन राहतकोष स्थापनाको कार्य अगाडि बढाएको अध्यक्ष तिमल्सिनाको भनाइ छ ।
कोषमा रकम जम्मा गर्ने गराउने तथा सहजीकरण गरिदिन महासङ्घले सबैमा आग्रहसमेत गरेको छ । त्यसका लागि महासङ्घले राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखाको खाता नं १०४०१००००७२०२००१ मा जम्मा गरी सहयोग गर्न महासङ्घले अनुरोध गरेको छ ।
पत्रकार महासङ्घले आह्वान गरेको सहयोगका लागि सोमबार विद्यार्थी सङ्गठन अनेरास्ववियू काभ्रेले नगद रु १५ हजार र जिल्लाबाट प्रकाशित प्रभातफेरी साप्ताहिकको प्रधानसम्पादक प्रल्हाद शर्मा हुमागाईँले रु पाँच हजार र पत्रकार कविता शर्माले रु १० हजार हस्तान्तरण गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ###पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक, ##राहत कोष, #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्