काठमाडौमा कोरोना संक्रमित उपसचिवको बाटोमै मृत्यु , एम्बुलेन्समा समेत छैन अक्सीजन

काठमाडौ । देशभरीका अस्पताल जटिल अवस्थाका कोरोना संक्रमितले भरिएको छ । अब अस्पतालमा नयाँ भर्ना गर्ने ठाउँ छैन ।
काठमाडौका जुनसकुकै अस्पतालमा फोन गरेपनि आईसीयू छैन । वार्ड छैन भनिरहेका छन् । किष्ट मेडिकल कलेजले त अक्सिजनको अभाव भएको सूचना निकाल्दै तीन दिनदेखि नयाँ भर्ना लिएको छैन ।
अधिकांश अस्पतालमा अवस्था यस्तै छ । यही बेला अत्यन्तै दु:खद खबर आएको छ । काठमाडौको चन्द्रागिरी १२ हरियाली निबासी संसद सचिवालयमा कार्यरत उपसचिव कृष्ण राज खनाल अब हामीबिच रहनुभएन ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टिपछि उहाँ घरमै आईसोलेसनमा उपचाररत हुनुहुन्थ्यो । उहाँलाई अचानक अक्सिजनको मात्रा कमि भएर सास फेर्न गाह्रो भयो । त्यसपछि अस्पताल लैजान एम्बुलेन्स बोलाईयो । एम्बुलेन्स अत्यन्तै ढिला आयो ।
त्यो बेलासम्म उहाँलाई निक्कै गाह्रो भएको थियो । दुर्भाग्य एम्बुलेन्समा अक्सिजन समेत थिएन । एम्बुलेन्समा भएको अक्सिजन अस्पतालको वार्डमा राखेको भन्दै चालक अक्सिजन नै नलिई पुगेका थिए ।
तर उहाँलाई अस्पताल लैजादै गर्दा बाटो मै दुःखद निधन भयो । अक्सिजन नभएकै कारण देशकै होनाहार व्यक्तिले बाटोमै मृत्युबरण गर्नुपर्यो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #उपसचिव
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्