सङ्क्रमितको उपचारमा सरकारले हातखुट्टा छाडेको छैन : स्वास्थ्यमन्त्री

सीता पौडेल (अर्चना)
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ का सङ्क्रमितका उपचारमा सरकार नागरिकको साथमा रहेको र बाहिर प्रचार भएजस्तो कोरोना सङ्क्रमितको उपचारबाट हातखुट्टा नछाडेको बताएका छन्।
शनिबार बेलुका एक भिडियो सन्देशमार्फत उनले कोरोनाको उपचारका लागि एक हजार बेड थप्ने तयारी भएकाले बाहिर प्रचार भएजस्तो नभएको भन्दै आतङ्कित नहुन सबैलाई आग्रह गरे ।
सरकारले सबै जिम्मा लिएको र जिम्मेवारी पूरा गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पादै मन्त्री त्रिपाठीले सरकार आवश्यक स्रोत–साधनको जोहो गर्न लागेकोले बताए ।अहिले सङ्क्रमितको संख्या बढेको र व्यवस्थापनका केही समस्याको उजागर गदै मन्त्री त्रिपाठीले सरकार जिम्मेवारीका साथ कर्तव्यपालनामा अगाडि बढेको बताए ।
स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेको र अस्पतालका शय्याहरु विरामीले भरिएकाले निषेधाज्ञा पालना गरेर संक्रमण रोकथाम र नियन्त्रण गर्न सहयोग गर्न सचेत गराउन भनिएका कुरालाई लिएर सरकारको कम्जोरी भन्दै गलत अर्थ नलगाउन समेत उनले आग्रह गरे ।
क्याटेगोरी : समाचार
ट्याग : ##सरकारले हातखुट्टा छाडेको छैन, ##हृदयेश त्रिपाठी, #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्