Techie IT
आईतबार, जेठ ५,२०८२

अब रहेनन् संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेल

मष्तिष्काघातका कारण निधन


काठमाडौं।राष्ट्रियसभाका पूर्वसांसद एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

वैशाख ११ गते शनिबार कोभिडको पहिलो खोप लगाएपछि उनलाई मष्तिष्काघात भई उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको भतिज रोहित पौडेलले जानकारी दिए।
नेपाली कांग्रेसको पूर्व केन्द्रीय सदस्य, अधिकार सम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वअध्यक्ष, पशुपति क्षेत्र विकास कोषका पूर्वसञ्चालक सदस्यसमेत रहेका पौडेल पछिल्लो समय भतिज परमेश्वर पौडेलका साथमा गुह्येश्वरीस्थित आफ्नै निवासमा बस्दै आएका थिए ।अविवाहित रहेका स्व. पौडेलको आजै पशुपति आर्यघाटमा वैदिक विधिअनुसार अन्तिम खाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : ##विदुर पौडेल#निधन, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Drizzle
5:11 am6:48 pm +0545