Techie IT
आईतबार, जेठ ५,२०८२

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु


झापा । मेची राजमार्गको भद्रपुर नगरपालिका– ९ चन्द्रगढी सामुदायिक वन कार्यालय अगाडि ट्रकले किचेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान की ७५ वर्षीया गायत्री देवी प्याकुरेल रहेकी छिन् । भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको मे १ क २६७ नम्बरको ट्रकलेविपरीत दिशाबाट आउँदै गरेको मे१ह ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा सवार गायत्री देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्रक, सिटी चालक नियन्त्रणमा रहेको र ट्रक चालक फरार रहेकाले खोजतलास भइरहेको सो कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##ट्रकले किचेर महिलाको मृत्यु, ##भद्रपुर, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Drizzle
5:11 am6:48 pm +0545