पत्रकारमाथि भएका कुटपिट र दुव्र्यवहारप्रति युनियनद्धारा निन्दा

काठमाडौँ । काठमाडौँ र तनहुँमा पत्रकारमाथि भएका कुटपिट र दुव्र्यवहारको घटनाप्रति नेपाल प्रेस युनियनले निन्दा गरेको छ । नयाँ वर्षको शुरुआतकै दिन बुधबार बिहान तनहुँ, व्यास– ५ चापाघाटस्थित नेपाली सेनाको कालीभञ्जन गणका सहसेनानी विजय थापाले नियमित अभ्यासका क्रममा सडकमा दौडिरहेका सेनाका जवानको दृश्य खिंचेका नाममा पत्रकार पवन पौडेलको क्यामेरा खोसेर दृश्य हटाउनाका साथै दुव्र्यवहार गरेको घटनाप्रति युनियनले निन्दा गरेको हो ।
युलेनियन विहिबार विज्ञप्ति जारी गरी भारतीय
दूतावास परिसरमा समाचार सङ्कलनका क्रममा नयाँ पत्रिकाकर्मी केदार दाहाललाई प्रहरीले दुव्र्यवहार गरेको प्रति पनि आपत्ति जनाएको छ । ‘नो अब्जेक्सन लेटर’ लिन भारतीय दूतावास अगाडि जम्मा भएकामाथि प्रहरीले गरेको हस्तक्षेपको घटनाको समाचार सङ्कलन गर्ने क्रममा पत्रकार दाहाललाई प्रहरी नायब उपरीक्षक दीपक खड्काको नेतृत्वमा रहेका प्रहरी जवानले भिडियो र फोटो खिंचेको भन्दै लछारपछार पारेको घटनाप्रति युनियनले निन्दा गरेको हो ।
‘राष्ट्रिय सुरक्षा र सुरक्षा निकायको संवेदनशीलता नेपाली प्रेसले राम्रोसँग बुझेको छ, तर पटकपटक सुरक्षा निकायका तर्फबाट रिपोटिङका क्रममा खटिएका सञ्चारकर्मीमाथि दुव्यवहार तथा हातपात हुनु अशोभनीय मात्र हैन निन्दनीय विषय हो’ विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##नेपाल प्रेस युनियन, #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्