सिंहदरबारभित्र नायब सुब्बा(नासु)हरुको प्रदर्शन

काठमाडौं । सिहंदरबारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडी नासु पदका कर्मचारिहरुले प्रदर्शन गरेका छन् । संघीय निजामती सेवा विधेयकका केही प्रावधानको विरोधमा उनिहरुले प्रदर्शन गरेको बताएका छन् ।
बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि भेला भएर कर्मचारीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।उनीहरुले प्लेकार्डमा ‘माननीय ज्यू नासुको आँसु देख्नु भएन ’, ’गिरेको मनोबल कस्तो खोजेको प्रतिफल‘ लगायतका नारा लेखिएका थिए ।
उनीहरुले राजपत्रांकित तृतीय श्रेणी ,अधिकृतमा पदपूर्तिको व्यवस्थाप्रति नासुहरुको आपत्ति रहेको बताएका छन् । सो श्रेणीको पदपूर्तिलागि आन्तरिक प्रतिस्पर्धाबाट २० प्रतिशत र बढुवाबाट ३० प्रतिशत व्यवस्था गर्नुपर्ने समेतका माग उनिहरुको छ । यता संसदमा पेस भएको संघीय निजामी सेवा विधेयकमा भने अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था रहेको छ ।
संसदमा पेस भएको संघीय निजामी सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##नासु)हरुको प्रदर्शन, #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्