आज सुईरेचौरमा रेस्लिङ प्रतियोगिता हुृँदै , १६ जना खेलाडीले प्रतिष्पर्धा गर्ने

नुवाकोट। नेपाल रेस्लिङ संघको आयोजनामा नुवाकोटको शिवपुरी गाउँपालिकामा रहेको सुईरेचौरमा आर डब्लु समर स्ल्याम रेस्लिङ प्रतियोगिता आज हुृँदै छ ।
नयाँ वर्ष २०७८ को अवसरमा यो रेस्लिङ महाभिडन्तमा नेपालका १६ जना खेलाडीले ५ वटा समूहमा प्रतिष्पर्धा गर्नेछन् ।शिवपुरी गाउँपालिका, राष्ट्रिय खेलकुद परिषद, खेलकुद विकास परिषद बागमती प्रदेशको सहयोगमा सम्पन्न हुन लागेको आर डब्लु समर स्ल्याम रेस्लिङ प्रतियोगिताको लाईट वेट तौल समुहको विजेताले नगद ८ हजार, ट्रिपल थ्रेटले नगद १० हजार, लाईट हेभी वेटको विजेताले नगद १२ हजार, हार्डकोरका विजेताले नगद १५ हजार र हेभी वेट विजेताले नगद २० हजार प्राप्त गर्ने आयोजकले बताएको छ।
हेभी वेट अन्तर्गत राष्ट्रिय रिङ रेस्लिङ विजेता नुवाकोटे टाइगर र चट्टान भिड्ने छन्। त्यस्तै लाइट हेभीतर्फ डेभिड र साइन, हलुका तौलमा एक्स हिरो र सिजे भिड्नेछन्। महिलातर्फ तानु, दिलसा र डेनिकाबीच भिडन्त हुनेछ भने हार्ड कोरतर्फ द युब र थागु भिड्नेछन्। प्रतियोगितामा बिकास खड्काले रेफ्रीको भूमिका निभाउने छन्।
हिजो आइतवार शिवपुरी गाउँपालिकास्थित सुईरेचौरमा कार्यक्रमको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, वडा नं। २ का वडा अध्यक्ष रुद्रबहादुर गुरुङ, वडा नं। ४ का वडा अध्यक्ष झमकराज गुरुङ, वडा नंं ६ का वडा अध्यक्ष लाल बहादुर तामाङ र वडा नं। ७ का वडा अध्यक्ष माधवप्रसाद भेटुवाल शिवपुरी यातायात प्रा लिका अध्यक्ष प्रहलाद थापा स्थानीय समाजसेवी वीर बहादुर तामाङको उपस्थितीमा पत्रकार सम्मेलन गरिएको थियो ।
शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले रेस्लिङ प्रतियोगिताबाट सुईरेचौरलाई थप प्रवद्र्धन गर्न सहयोग पुग्ने बताएका थिए । नेपाल रेस्लिङ संघकी महासचिव सुर्वण श्रेष्ठ र कोषाध्यक्ष कमल तामाङले राजधानी काठमाडौंदेखि नजिकै रहेको शिवपुरी गाउँपालिकाको पर्यटकीय गन्तव्य सुईरेचौरलाई प्रबर्द्धन गरि थप पहिचान दिलाउन प्रतियोगिता महत्त्वपूर्ण हुने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सुईरेचौरमा रेस्लिङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्