Techie IT
आईतबार, जेठ ५,२०८२

सांस्कृतिक अतिक्रमणका कारण हाम्रो धर्म,सनातनीय संस्कारमा ह्रास :पूर्व राजा ज्ञानेन्द्र शाह


काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहाले वाह्य दवाव,प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण,हाम्रो धर्म,सनातनीय र संस्कारमा ह्रास आएको बताएका छन् ।

१२ वर्षमा हरिद्धारमा लाग्ने कुम्भ को यसै वर्षको मेला समारोहलाई सम्बोधन गदै उनले यस्तो धारणा व्यक्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शाहाको भनाईलाई कोट गदै आफनो टविटरमार्फत  जनाएका छन् ।

“कतिपय वाह्य दवाव,प्रभाव,प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केहि समयदेखि हाम्रो पुर्वीय दर्शन,हाम्रो धर्म,सनातनीय संस्कारमा ह्रास आएको कुरा सांचो हो।अब हामीले हाम्रो धर्म बचाउनु छ,संस्कृतिको रक्षा गर्नु छ”।अध्यक्ष थापाले लेखेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : ##कुम्भ मेला, ##पूर्व राजा ज्ञानेन्द्र शाहा, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Mostly Cloudy
5:11 am6:48 pm +0545