कोरोना तीव्र रूपमा फैलिएसँगै नाकाहरू अस्तव्यस्त

चैत । भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालका सीमावर्ती सहरमा त्यसको असर देखिन थालेको छ । भारत आउजाउ गर्नेको चाप व्यवस्थापन हुन नसक्दा, क्वारेन्टाइनहरू नबन्दा र स्वास्थ्य सुरक्षाका मापदण्ड लागू नहुँदा संक्रमण फैलने डरले स्थानीयलाई सताएको छ ।
भारतबाट धेरै कामदार फर्केसँगै सुदूरपश्चिममा दिनदिनै संक्रमित थपिइरहेका छन् । भारतका विभिन्न सहरबाट सुदूरपश्चिमका चारवटा सीमा नाका हुँदै बिहीबार १ हजार ३ सय ६४ जना स्वदेश फर्किए । तीमध्ये ६ सय ४ जनाको एन्टिजेन परीक्षण गरिएकामा ५२ जनामा संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो प्रदेशमा कञ्चनपुरस्थित गड्डाचौकी, कैलालीस्थित गौरीफन्टा, बैतडीस्थित झुलाघाट र पुलघाट नाका दार्चुलामा एन्टिजेन परीक्षण डेस्क राखिएको छ ।
मुख्य नाका गौरीफन्टामा पछिल्लो एक सातामा ६ हजार २ सयभन्दा बढीको एन्टिजेन परीक्षण गरिएकामा २ सय ६५ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । उनका अनुसार धनगढीको कनरीस्थित आइसोलेसनमा बिहीबार ४५ जना संक्रमित छन् । प्रदेशका ९ जिल्लाका १८ स्वास्थ्य संस्थामा गरी २ सय ५४ वटा आइसोलेसन बेड रहेको निर्देशनालयले जनाएको छ । भारतका दिल्ली, मुम्बई, गुजरात, चेन्नईलगायत सहरमा कोरोना संक्रमण पुनः बढेपछि त्यहाँ रहेका सुदूरपश्चिमेलीहरू घर फर्कन थालेका हुन् । यतिबेला सुदूरपश्चिमेलीको मुख्य चाड बिसु सुरु भएकाले अन्य व्यक्ति पनि घर फर्किने गरेका छन् ।
जोखिम बढेसँगै संक्रमित राख्न आइसोलेसन व्यवस्था गर्न लागिएको स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । संक्रमितको उपचारका लागि ५० शय्याको अर्को अस्पताल धनगढीमा निर्माण सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए । यसैबीच, कैलाली जिल्ला प्रशासनले जोखिमलाई मध्यनजर गरी भीडभाड नगर्न ९ बुँदे आदेश यसअघि नै जारी गरिेसकेको छ । आदेशको अवज्ञा गरे कारबाही हुने पनि भनिएको छ तर भीडभाड रोकिएको छैन । यो साता सुदूरपश्चिममा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोरोना तीव्र रूपमा फैलिए
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्