Techie IT
मंगलबार, वैशाख ३०,२०८२

संखुवासभामा बस दुर्घटना हुँदा ३२ जना घाइते

दुर्घटनाका घाइतेलाई चाँडो उपचारको व्यवस्था मिलाउन कांग्रेस नेता खड्काको आग्रह


संखुवासभा, चैत्र २० – धर्मदेवी नगरपालिकामा भएको दुर्घटनामा ३२ जना घाइते भएका छन्। जसमध्ये १३ जना गम्भीर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।

मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको शुभम डिलक्स बस धर्मदेवी–४ मा शुक्रबार बिहान दुर्घटना भएको हो। उत्तर दक्षिण कोशी सडकखण्डको दोभान रिसोर्ट नजिकमा बस दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएको १९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा र गम्भीर घाइते १३ जनाको सुनसरी धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए।

घाइतेहरुको उद्धर सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरिरहेको छ। बस चालक र सहचाकल फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

नेपाली काँग्रेसका नेता दिपक खड्काले संखुवासभा बस दुर्घटनाको घाइतेलाई चाँडो उपचारको व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

नेता खड्काले आज एक विज्ञप्ती जारी गरी आज विहान संखुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको बस दुर्घटनाका घाइतेलाई तत्काल उपचारको व्यवस्था मिलाउन स्थानीय, प्रदेश र केन्द्रीय सरकारलाई आग्रह गर्नुभएको हो ।

आज विहान धरानतर्फ जाँदै गरेको बस धर्मदेवी नगरपालिका–४ दोभान रिसोर्ट नजिक दुर्घटना भएको थियो । दुर्घटनामा ३२ यात्रु घाइते भएपनि १३ यात्रु भने गम्भीर घाइते भएका छन् ।

विस २०७० सालको संविधानसभा निर्वाचनमा नेता खड्का नेपाली काँग्रेसको तर्फबाट संखुवासभा निर्वाचन क्षेत्र नं २ बाट विजयी हुनुभएको थियो ।


क्याटेगोरी : विशेष, समाचार
ट्याग : #गाडी दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:14 am6:45 pm +0545