जब प्रहरी आफैं मापसेमा लठ्ठीएपछि…
चितवन । शान्तिसुरक्षा नियन्त्रणमा प्रत्यक्ष खट्नुपर्ने स्वयं प्रहरी आफैँ नै जब बर्दीमै मदिरा सेवन गर्छन् भने आम सर्वसाधारणले त्यसको अनुभुती कसरी गर्ने ? हो, जिल्ला प्रहरी कार्यालय चितवनको मातहतमा रहेको भरतपुर १९ स्थित शारदानगर प्रहरी चौकीका इन्चार्ज (सइ) सिताराम धमलाले प्रहरी पोशाकमा नै युवाहरूलाई भेला गरी मापसे गर्ने गरेका छन् ।
गत, चैत १७ गते (सोमबार) होलीका दिन चौकीका इन्चार्ज समेत रहेका (सइ) धमलाले एक दर्जन भन्दा बढी स्थानीय युवाहरुलाइ भेला पारी एक होटलमा मापसे गरेको तस्वीर “साझापाना अनलाइन” लाइ आज (बिहिबार) प्राप्त भएको छ ।
प्रहरी आफैँले ड्युटीका बेला रक्सी सेवन गर्ने अनि हामीलाई कानुन सिकाउने ? भन्दै त्यहाँका स्थानीय आक्रोशित समेत भएका छन् । उनको यस्तो व्यवहारको खबर जिल्ला प्रहरी कार्यालयमा पुगेपछि उनी माथि अहिले अनुसन्धान सुरु गरिएको चितवन प्रहरीले जनाएको छ । चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीका अनुसार आफुले पनि उक्त घट्नाका बारेमा सुनिएको र थप अनुसन्धान गर्ने कार्य भइरहेको उनलेे बताए ।
जनताको प्रत्यक्ष सेवामा खटिनुपर्ने शारदानगर प्रहरी चौकीका प्रहरीहरुबाट नै उल्टै जनतालाई दुःख दिने काम भएको एक स्थानीयले आफ्नु नाम नबताउने सर्तमा बताए । ड्युटीमै रक्सी खाँदै हिँड्ने प्रहरीलाई कस्तो कार्वाही हुन्छ, हामी पनि हेर्छौँ’, एक स्थानीयले भने, ‘नियम कानुन जनतालाई मात्रै हो कि बर्दीधारी प्रहरीलाई पनि लागू हुन्छ ?’
प्रहरी नियमावलीमा के छ ?
प्रहरी नियमावली २०७५ मा ड्युटीमा खटिएका प्रहरीले मापसे गरे बर्खास्त समेत गर्न पाउने अधिकार दिइएको छ । नियमावली २०७५ को उपदफा ११३ को (ग) मा ड्युटीको समयमा मापसे गरे बर्खास्तसम्म गर्ने पाउने कानुनी अधिकार दिइएको हो ।

बर्दीको दुरुपयोग अझै रोकिएन ।
नेपाल प्रहरीमा प्रहरी पोशाकको चरम दुरुपयोग हुने क्रम अझै रोकिएको छैनन् । प्रहरी आचारसंहिता बिपरित सामाजिक सञ्जालमार्फत प्रहरी पोशाक लगाएको फोटो तथा भिडियोहरु फेसबुक, ट्विटर तथा टिकटकमा भेटिन थालेपछि प्रहरी प्रधान कार्यालयले बिज्ञप्ती मार्फत उक्त सामाग्री भए तत्काल हटाउन निर्देशन दिएपनि त्यस्को अझै पालना भएको छैनन् ।
गत, असोज २२ गते बिहिबार नेपाल प्रहरीले प्रयोग गर्ने प्रहरी पोशाकको जथाभावी दुरुपयोग हुन थालेपछि प्रहरी प्रधान कार्यालयले आफ्नु गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।
नेपाल प्रहरीका प्रहरी प्रवक्ता कुबेर कडायतद्वारा जारी प्रेस बिज्ञप्तीमा भनिएको छ : विभिन्न चलचित्र, टेलिचलचित्र, प्रान्क भिडियो, सांगातिक भिडियो, टिकटक, सर्ट मुभिज, टेलिभिजन तथा स्टेज कार्यक्रमहरुमा प्रहरी पोशाक प्रयोग हुन गएकोमा प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
साथै, उसले भिडियो तथा सामाग्रीहरु अपलोड भए तत्काल हटाउन समेत अपिल गरेको थियो । तर, त्यस्लो पालना भने अझै भएको छैनन् । प्रहरी पोशाकमै उक्त गतिबिधी नगर्न तथा गरेको पाइए कडा कार्वाही हुने समेत चेतावनी बिज्ञप्ती मार्फत दिइएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्