काठमाडौँको बाईपासमा सूचना केन्द्रको शिलान्यास

काठमाडौं । काठमाडौं माहानगरपालिकाको बाइपासमा सुचना केन्द्रको सिलान्यास भएको छ । बुधबार सहरी विकास राज्यमन्त्री रामविर मानन्धर र काठमाडौँ महानगरपालिकाका नगरप्रमुख विद्या सुन्दर शाक्यले उक्त केन्द्रको संयुक्त रुपमा शिलान्यास गरेका थिए । सूचना केन्द्र निर्माण हुन लागेको जग्गा महानगरको स्वामित्वमा रहेको बताइएको छ ।
करीब एक करोड रकम बराबरको लागतमा बालाजु बाईपासमा सूचना केन्द्रसहित सुविधा सम्पन्न सार्वजनिक शौचालयको समेत सिलान्यास गरिएको छ । मन्त्री मानन्धरले भने ‘काठमाडौँबाट बालाजु नाकाहुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेखीकरण राख्ने, यातायातबारे सुचना राख्ने र सर्वसाधारणलाई काठमाडौँबारे जानकारी दिने उदेश्यले सूचना केन्द्रको निर्माण गर्ने तयारी गरेका हौँ,’ ‘बाइपासलाई विवादित बनाउने प्रयास भएपनि अहिले जनताको जित भएको छ ।’
‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न उपत्यकाका विभिन्न स्थानमा सरकारले अत्याधुनिक सुविधासहितका यस्ता केन्द्र स्थापना गर्ने लक्ष्य लिएको छ । उनले थपे । ‘राजधानीको फोहर व्यवस्थापनमा महानगरसँग नेपाल सरकारले सहकार्य गर्छ,’ ‘उपत्यकामा खानेपानी र फोहरको समस्या अब चाँडै दीर्घकालिन रुपमा समाधान हुनेछ ।’
कार्यक्रममा नगर प्रमुख विद्यासुन्दर शाक्यले सूचना केन्द्रको निर्माणले राजधानीबाट ल्याण्डफिल्ड साइट जाने फोहरका गाडीको लागत राख्न सहयोग पुग्ने अपेक्षा रहेको बताए ।
केन्द्रमा उपत्यका र काठमाडौं महानगरसम्बन्धी आवश्यक सबै सुचना उपलब्ध गराइने छ,’ उनले भने, ‘सूचना केन्द्रबाट पर्यटक र सर्वसाधारणलाई काठमाडौं र उत्तरी क्षेत्रहुँदै पुगिने नुवाकोट रसुवा गोरखा जाने बाटो लगायतबारेमा पनि सूचना दिइनेछ ।’
शाक्यले भने, ‘काठमाडौँ महानगरपालिकाले निर्वाचनका बेला व्यक्त गरेका प्रतिवद्वता अनुसार काम गरिरहेको छ । फोहर व्यवस्थापन लगायतका सवालमा पनि महानगरले आवश्यक पहल गरिरहेको छ ।’
वडा नम्बर –१६ का अध्यक्ष मुकुन्द रिजालका अनुसार महानगरका थुप्रै ठाउँमा यस प्रकारका सूचना केन्द्र र सार्वजनिक शौचालय स्थापना गर्न आवश्यक रहेको छ ।
महानगरपालिकाको ९५ लाख ६० हजार र उपभोक्ताले १० लाख ६० हजार व्यहोर्ने गरि कार्यक्रम निर्माण कार्य अगाडि बढाइने उपभोक्ता समितिका सचिव समिर भण्डारीले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : ## सूचना केन्द्रको शिलान्यास, ##बाईपासमा, #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्