Techie IT
शनिबार, जेठ ४,२०८२

रिलायन्स कलेज मोडल युनाइटेड नेसन (ReCoMUN) २०२१ सम्पन्न


सीता पौडेल

काठमाडौं । काडमाडौंको चावहिलमा अवस्थित रिलायन्स कलेजले रिलायन्स कलेज मोडल युनाइटेड नेसन  (ReCoMUN) २०२१ हालै सम्पन्न गरेको छ । विद्यार्थिहरुको नेतृत्व विकास एवं पारस्परिक सद्भाव तथा विश्वमा भाइचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको ३ दिने सम्मेलन हालै सम्पन्न भएको हो ।

 

संयुक्त राष्ट्रसंघले सन २०३० सम्म निर्धारित उपलब्धी हाँसिल गर्नेगरी तय गरेका लक्ष्यहरु र तिनको दिगो विकासका लागि विद्यालय, कलेज र विश्वविद्यालय तहदेखिनै चेतना विस्तार गर्ने , जिम्मेवार र जवाफदेही जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरु गर्दै आएको छ । सोहीअनुरुप गरिएको सो सम्मेलनको उदेश्य पनि एउटै रहेको बताइएको छ ।

विभिन्न आठवटा समुहका समुहगत छलफल, प्रतिवेदन निर्माण तथा प्रस्तुतिकरण लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत समाबेश गरिएको उक्त सम्मेलनमा विभिन्न ६ वटा विद्यालयका १६७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।

 

सम्मेलनमा नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजाल, मिस नेपाल २०१५ इभाना मानन्धर, संयुक्त राष्ट्रसंघका प्रतिनिधि रामबाबु साह, चार्टड एकाउन्टेन्ट राजु कुमार शिवाकोटी ,सहायक प्राचार्य नन्दुप्रसाद कुशवाहा, र रिलायन्स कलेजका प्रिन्सिपल रबिन्द्रजंग थापाले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : ## (ReCoMUN) २०२१ सम्पन्न, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:11 am6:48 pm +0545