बालबालिकाले दिए प्रधानमन्त्रीलाई लिखित सुझाव

काठमाडौं ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाइमा तयार हुने बालबालिकासम्बन्धी १० वर्षे राष्ट्रिय कार्ययोजना तथा नीति निर्माणका लागि बालबालिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
कन्सोर्टियम नेपालको नेतृत्वमा चैत ७ र ८ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलामा सहभागी बालबालिकाहरुले तयार गरेका सुझाव प्रधानमन्त्री ओली र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमार महतोलाई दिएका हुन् ।जागृति बाल तथा युवा सरोकार नेपाल, बाल विकास समाज, मानवअधिकार मञ्च, कालिका स्वावलम्बन सामाजिक केन्द्र, सिविन नेपाल, शुभ अवसर ग्राम नेपालको सहआयोजना, बाल अधिकारसँग सम्बन्धित १७ वटा राष्ट्रिय सञ्जालहरुको ऐक्यबद्धता तथा १४ वटा विकास साझेदार संस्थाहरुको सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले गरेकी थिइन् ।
राष्ट्रिय बाल अधिकार परिषद्को सल्लाह, सुझाव र परामर्शमा सातै प्रदेशका ६० जिल्लाका १३८ जना बालबालिकासँग परामर्श पश्चात् यस राष्ट्रिय भेलाको आयोजना गरिएको कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले जानकारी दिए ।
प्रधानमन्त्री तथा माननीय मन्त्रीबाट नै बालबालिकाहरुले दिएको सुझावमा प्रत्यक्ष सहभागी भई चासो व्यक्त गर्नु र कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गर्नु सुखद् र खुशीको कुरा भएको राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बताए ।
स्रोत,अनलाइन खबर.कम
क्याटेगोरी : समाचार
ट्याग : ## ho, #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्