Techie IT
शनिबार, जेठ ४,२०८२

सवारी ज्यान मुद्दाका प्रतिवादी ट्र्याक्टर चालक उमेश १८ वर्षपछि पक्राउ


केैलाली। कैलालीमा सवारी ज्यान मुद्दामा फरार ट्र्याक्टर चालक उमेश भन्ने उपेन्द्र स्वारलाई १८आइतबार वर्षपछि प्रहरीले पक्राउ गरेको छ । उनी जोशीपुर गाउँपालिका–६ लोखरीका रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले
बताए ।

प्रहरी निरीक्षक थापाका अनुसार २०५९/११/३० गते स्वारले चलाएको से १ त ११४१ नंम्बरको ट्र्याक्टरले च्यापेर सोही ठाउँका धनिराम डगौराको मृत्यु भएको थियो । घटनापछि उनि फरार रहेका थिए ।

लामो समयदेखि फरार रहेका प्रतिवादी स्वारलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले जोशीपुर गाउँपालिका–६ लोखरी गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । यसबारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##उमेश भन्ने उपेन्द्र स्वारपक्राउ, ##सवारी ज्यान मुद्दाका प्रतिवादी, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:11 am6:48 pm +0545