पत्रकार महासङ्घले सार्वजनिक गर्यो निर्वाचन कार्यतालिका

सीता पौडेल
काठमाडौं।नेपाल पत्रकार महासङ्घको यही चैत्र २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय निर्वाचन समितिले शनिबार साँझ सूचना प्रकाशन गदै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
निर्वाचन कार्यतालिका अनुसार चैत्र ८ गते बेलुकी ५ः१५ बजे मतदाता नामावली प्रकाशन गरिने ,चैत्र ९ गते दिउँसो १२ः३० बजेदेखि चैत्र १० गते दिउँसो १२ः३० बजेसम्म मतदाता नामावलीउपर दाबीविरोध गर्न सकिने छ ।
यस्तै मतदाताको अन्तिम नामावली चैत्र ११ गते दिउँसो ४ बजे प्रकाशन गरिने जनाइएको छ भने उम्मेदवारी मनोनयन चेत्र १२ गते बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म गर्ने समय तोकिएको छ ।
यसैगरि चैत्र १३ गते बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेद्वारमाथि दाबी विरोधका लागी समय तोकिएको छ ।
त्यस्तै चैत १४ गते दिउँसो ४ बजेसम्म नाम फिर्ता लिन इच्छुक उम्मेद्वारका लागी समय तोकिएको जनाइएको छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत्र १४ गते साँझ ६ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने र । मतदान चैत्र २५ गते बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । महासङ्घको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउने छन् ।
यसपटक देशभरबाट निर्वाचनका लागि महासङ्घका करिब १४ हजार साधारण सदस्य सहभागी हुने महासंघले आकलन गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##कार्यतालिका, ##पत्रकार महासङ्घको निर्वाचन, #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्