किर्ते गरी करोडौं रुपैयाँ ठगी गर्ने परियार पुर्पक्षका लागी कारागार चलान
चितवन । एक करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जी भनिने रिठ्ठे परियारलाई चितवन जिल्ला अदालतले पूर्पक्षका लागी कारागार चलान गरेको छ ।
गत, आर्थिक बर्ष २०७३/२०७४ र २०७४/२०७५ मा मालपोत कार्यालयको लेखा अधिकृतको पदमा हुँदा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुरको राजश्व दाखिला फारमको भौचर, बैंकको छाप तथा कर्मचारी समेतको दस्तखत कीर्ते गरी नक्कली भौचर तयार गरेर एक करोड सत्र लाख चौबीस हजार पाँच सय अठतीस रुपैयाँ हिनामिना गरेर फरार भएका उनलाई चितवन प्रहरीले गएको फागुन १२ गते पक्राउ गरेको थियो ।
पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान गर्ने कार्य पुरा गरी सम्मानित चितवन जिल्ला अदालतमा पेश गरेकोमा न्यायाधीश हेमन्त रावलको एकल इजलासले परियारलाई पूर्पक्षका लागि भरतपुर कारागार पठाउन आदेश दिएसंँगै भरतपुर कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए । यता, सरकारी वकिलको कार्यालयले परियारलाइ ७ वर्ष कैद मागदावी गर्दै अदालतमा हिजो (विहीबार) मुद्धा दायर गरेको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्