Techie IT
आईतबार, जेठ ५,२०८२

पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते हुने


सीता पौडेल,

काठमाडौं। नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ।महासङ्घको केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसिएट संरचनाको निर्वाचन तीन हप्तापछि

एकै दिन गर्ने निर्णय गरेको हो ।

महासङ्घको केन्द्रीय साधारणसभा यही फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।  चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासङ्घले जनाएको छ ।

निर्वाचनको मिति तय भएसँगै आजैदेखि पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाउने बताइएको छ ।

निर्वाचन समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहेको महासङ्घले जनाएको  छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##चैत २५ गते हुने, ##पत्रकार महासङ्घको निर्वाचन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:11 am6:48 pm +0545