Techie IT
सोमबार, वैशाख २९,२०८२

चितवन प्रहरीभित्र “चेन अफ कमाण्ड” को धज्जी उड्यो : एसपीलाइ चुनौती दिन्छन् यी प्रहरी


चितवन । चितवन प्रहरीभित्र “चेन अफ कमान्ड” को ब्यापक धज्जी उड्ने गरेको छ । यतिसम्म की एउटा प्रहरी जवानले नै एसपीको आदेशलाइ समेत चुनौती दिने गरेका छन् ।

घुमुवामा बसेर बदनाम भएकी महिला प्रहरी जवान कल्पना घिमिरेलाई (एसपी) ओम प्रसाद अधिकारीको ठाडो आदेशमा गत, फागुन १४ गते जिल्ला प्रहरी कार्यालय चितवनको सामान्य प्रशासन शाखाले ईलाका प्रहरी कार्यालय फुलबारीको रवाना गरेको थियो ।

एक प्रहरी निरीक्षकद्वारा हस्ताक्षर गरिएको उक्त रवाना पत्रमा ईलाका प्रहरी कार्यालय फुलबारीलाइ निर्देशन दिदै भनिएको छ : अर्को आदेश नभएसम्मका लागी यस कार्यालय अन्तर्गत दरबन्दी भइ कायारर्त रहेका प्र. ज. कल्पना घिमिरेलाई यसै पत्रको बोधार्थद्वारा त्यहाँको कार्यालयमा कामकाज गर्ने गरी खटाइ पठाइएको छ, निज हाजीर भएपश्चात नियमानुसार कामकाजमा लगाइ सो को जानकारी यस कार्यालयमा दिनहुन निर्देशानुसार अनुरोध गरिएको छ ।

तयारी अवस्थामा फाइलमा राखिएको उक्त पत्रमा निज प्रहरी जवान घिमिरेलाई त्यहाँ पठाएको उल्लेख गरेको भएपनि उनले चितवनका प्रहरी प्रमुखलाई नै चुनौती दिदै जिल्लामै आन्तरिक ड्युटी गर्दै आएकी छिन् ।

जबकी प्रहरी नियमावलीको २०७१ को परिच्छेद – ४ मा प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी सहायक निरीक्षक सम्मका प्रहरी कर्मचारीलाई प्रहरी उपरीक्षक वा आफ्नो क्षेत्रभित्र जिल्ला प्रहरी प्रमुखले सरुवा गर्न पाइने भनिएको छ ।

तर, बदनाम भएर जिल्लाको घुमुवाबाट समेत हटाइ ईलाका प्रहरी कार्यालय फुलबारी लखटिएका प्रहरी जवान घिमिरेले ७२ घण्टा बितिसक्दा समेत अझै रवाना लिएकी छैनन् नै उल्टो एसपीलाइ समेत चुनौती दिदै भनसुन गराइ जिल्लामै ड्युटी गर्दै आएकी छिन् । उनलेे अहिले रवाना रद्द गराउन विभिन्न ब्यक्तिलाइ फोन समेत घुमाउने गरेको कप्र स्रोत बताउँछ ।

स्रोतका अनुसार प्रहरी जवान घिमिरेको रवाना भइसक्यो, तर उनलेे रवाना बुझ्न मानिरहेका छैनन् । बरु फोन घुमाउदै कसरी हुन्छ रवाना रद्द गराउने तयारीमा जुटिरहेका छन् । प्रहरी जवानले नै जिल्लाको प्रहरी प्रमुखलाइ नटेर्नु र चुनौती दिएर जिल्लामै पुनः थमौती हुनुले पनि यसले समग्र प्रहरी संगठनलाइ नै आलोचित बनाएको एक प्रहरी हवल्दारले आफ्नु नाम नबताउने सर्तमा बताए ।

उनलेे भने, जिल्लाको प्रहरी प्रमुखबाट भए गरेका अह्रन/खटन सबैले मान्नुपर्छ, ठेकिएको दरबन्दीमा रवाना गरिएको छ भने तुरुन्तै बुझ्नुपर्छ र जानुपर्छ । तर, रवाना बुझ्नुको सट्टा भनसुन गराउनु, रवाना लिन नमान्नु र कार्यालय प्रमुखलाई समेत चुनौती दिनु जस्ता घट्नाले “चेन अफ कमान्ड” नटेरेको हुन्छ ।

यस्तो अवस्थामा प्रहरी कर्मचारी कार्वाहीको भागीदार समेत बन्नुपर्ने हुन्छ । स्रोत भन्छ : प्रहरी प्रमुखलाई चुनौती दिएर फोन घुमाउने र जिल्लामा नै ड्युटीमा बसेकी भएपनि एसपी साबले नै चासो दिनुभएको छैनन् भने हामीले के भन्ने र गर्ने ? उनले भने, प्रहरी जवानले नै एसपीलाइ चुनौती दिन्छ र ठेकिएको दरबन्दीमा रवाना लिदैन वा आलटाल गर्छन् भने त्यो “चेन अफ कमान्ड बिपरित” हो ।

उसो, त प्रहरी जवान घिमिरे बदनाम प्रहरी रहेको स्रोत बताउँछ । तत्कालीन (एसपी) नान्तिराज गुरुङका बिश्वासपात्र भइ घुमुवामा बसेकी उनी पाँच महिनामै बदनाम भएर घुमुवाबाट हट्न बाध्य भएकी थिइन् । (एसपी) गुरुङले पैसा उठाउनकै लागी उनलाई परिचालन गर्दै आएको आरोप समेत त्यतिबेला लागेको थियो ।

त्यस समयमा उनलाई होटलहरुमा हुने गरेको यौन धन्दाका बिषयमा अनुसन्धान तथा अनुगमन गर्न खटाइएको भएपनि उनको ध्याउन्ना कमाउमा मात्रै केन्द्रित हुने गरेको स्रोत बताउँछ । अदालतमा गेट ड्युटी गर्दैआएकी घिमिरेलाई एसपी गुरुङले जिल्ला ल्याएका थिए । उनी विरुद्ध प्रहरी प्रधान कार्यालयसम्म उजुरी परेपनि गुरुङले नै बचाउँदै आएका थिए ।

तर, अहिलेका (एसपी) अधिकारी आएसँगै प्रहरीमा सुदृढीकरण अभियानमा लागिपरेका छन् । तत्कालीन (एसपी) गुरुङले परिचालन गरेका घुमुवा प्रहरीहरु आफैं नै लुटपाटमा संलग्न भएको आरोप लागेपछि चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीको ठाडो आदेशमा घुमुवाको जम्बो टोलीलाई समेत हटाइएको छ । यसअघि दुइ असइद्वयको कमान्ड १४ जना घुमुवा प्रहरी रहेकोमा अहिले एक असईको कमान्डमा केही प्रहरी जवान रहेको स्रोत बताउँछ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:14 am6:45 pm +0545