काठमाडौँको तारकेश्वरमा फेरि देखियो बर्ड फ्लु , ८ हजार हाँस र कुुखुरा नष्ट

तारकेश्वर काठमाडौ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं १ साङ्लेखोला र फुटुङका किसानले पालेका टर्की र हाँसमा बर्ड फ्लु रोग पुष्टि भएको एक साता नबित्दै पुन बर्ड फ्लु पुष्टि भएको छ ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइप पीसीआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएपछि त्यस क्षेत्रमा आज ८ हजार हाँस र कुुखुरा नष्ट गरिएको साङ्गला प्रहरी प्रमुख जाली नारायण श्रेष्ठले जानकारी दिए ।
स्थानिय कमल गौतमले पालेका कुखुरामा बर्ड फ्लु पुष्टि भएको हो ।
पशु सेवा विभागका अनुसार हाँस र कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गरिएको थियो । परीक्षणको क्रममा बर्ड फ्लु प्रमाणित भएको हो । रोग अन्यत्र फैलिन नदिई र तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकाय परिचालन गरिएको छ ।
रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको विभागले बताएको छ ।
नेपालमा २०६० सालमा झापाबाट बर्ड फ्लु सुरु भएको हो । दुई वर्षअघि विराटनगर र रसुवामा करिब २२ हजार कुखुरा नष्ट गरिएको थियो । अहिले फेरि देखिन थालेको छ । अहिले देखिएको बर्ड फ्लु तुलनात्मक रूपमा कमजोर अनुमान गरिएको छ । यही रोगकै कारण सर्वसाधारणमा कुनै असर नदेखिएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वरमा फेरि देखियो बर्ड फ्लु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्