Techie IT
शनिबार, जेठ ४,२०८२

ओली पक्षको स्थायी कमिटी बैठक आज पनि बस्ने


काठमाडौँ । नेकपा ओली पक्षको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । बालुवाटारमा ओली पक्षको स्थायी कमिटी बैठक बस्न लागेको हो ।

प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि ओली पक्ष पछिल्लो समय परामर्श र बैठकमा व्यस्त छ ।

बुधबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने निष्कर्ष निकालेको थियो ।

विश्वासको मत जित्नका लागि अबको रणनीति कस्तो हुनुपर्ने भन्ने विषयमा छलफल हुन लागेको अनुमान गरिएको छ ।

अदालतको आदेश अनुसार अगाडि बढ्ने तयारीमा समेत ओली पक्ष देखिएको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ओली पक्ष


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Thunder
5:12 am6:48 pm +0545