कान्तिपथमा गुडिरहेको ट्याम्पोमाआगलागी
काठमाडौं । काठमाडौं कान्तिपथमा गुडिरहेको ट्याम्पोमा बुधबार मध्याह्न आगलागी भएको छ । रत्नपार्कबाट यात्रु भरेर लैनचौरतर्फ गुडिरहेको बा १ ह ४७९८ नम्बरको ट्याम्पोमा एक्कासि आगो लागेको हो ।
ट्याम्पो गन्तव्यतिर जाने क्रममा उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यालय अघिल्लतिर पुग्दा आगलागी भएको थियो । आगो लागेको धूवाँ निस्कनासाथ यात्रुहरु हामफालेर सुरक्षित रहेका थिए । कुनै यात्रुलाई केही नभएको ट्राफिक प्रहरीले जनाएको छ ।
आगो दन्किरहेको ट्याम्पोमा ट्याङ्करले पानी खन्याएर नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न सकेको छैन । ट्याम्पोको आगो नियन्त्रणमा लिने क्रममा त्यस क्षेत्रको ट्राफिक व्यवस्थापन केहीबेर प्रभावित भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ट्याम्पोमाआगलागी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्