Techie IT
बुधबार, वैशाख २४,२०८२

कान्तिपथमा गुडिरहेको ट्याम्पोमाआगलागी


काठमाडौं । काठमाडौं कान्तिपथमा गुडिरहेको ट्याम्पोमा बुधबार मध्याह्न आगलागी भएको छ । रत्नपार्कबाट यात्रु भरेर लैनचौरतर्फ गुडिरहेको बा १ ह ४७९८ नम्बरको ट्याम्पोमा एक्कासि आगो लागेको हो ।

ट्याम्पो गन्तव्यतिर जाने क्रममा उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यालय अघिल्लतिर पुग्दा आगलागी भएको थियो । आगो लागेको धूवाँ निस्कनासाथ यात्रुहरु हामफालेर सुरक्षित रहेका थिए । कुनै यात्रुलाई केही नभएको ट्राफिक प्रहरीले जनाएको छ ।

आगो दन्किरहेको ट्याम्पोमा ट्याङ्करले पानी खन्याएर नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न सकेको छैन । ट्याम्पोको आगो नियन्त्रणमा लिने क्रममा त्यस क्षेत्रको ट्राफिक व्यवस्थापन केहीबेर प्रभावित भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ट्याम्पोमाआगलागी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:18 am6:42 pm +0545