चेकजाँचलाइ तीब्र बनाउदै मुग्लिङ प्रहरी : अन्दाजी २ किलो ८०० ग्राम गाँजा सहित दुइ जना पक्राउ

चितवन । मुग्लिङ प्रहरीले अन्दाजी दुइ किलो ८०० ग्राम लागूऔषध गाँजासहित दुइ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार सोमबार राती ११ बजे ईच्छाकामना गाउँपालिका वडा नंम्बर ४ कुरिनटारबाट लागूऔषध गाँजासहित कास्की लेखनाथ महानगरपालिका वडा नंम्बर १७ बस्ने उत्तम मगर र अमृत गुरुङलाई पक्राउ गरेको हो ।
रातको समयमा शंकास्पद अवस्थामा हिंडिरहेका दुइ जना ब्यक्तिलाइ चेकजाँच गर्ने क्रममा उनीहरुलाइ पक्राउ गरेका हौं, ईलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक सुर्य रानाले भने, पक्राउ परेकामध्य हामीले मगरको साथबाट रातो, पहेंलो रङको झोलाभित्र हरियो प्लाष्टिकमा अन्दाजी एक किलो पाँच सय ग्राम, सहित कालो रङको ओप्पो मोवाईल एक थान र गुरुङको साथबाट कालो झोलाभित्र चामलको बोराभित्र दुई वटा निलो प्लाष्टिकमा छुट्टाछुट्टै पोको पारी ल्याएको अवस्थामा लागूऔषध गाँजा अंन्दाजी एक किलो ३०० ग्राम सहित हुवाइ मोबाइल एक थान समेत बरामद गरेका छौँ ।
पक्राउ परेकाहरू दुबैलाइ थप अनुसन्धानका लागि सम्मानित चितवन जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । पछिल्लोपटक शान्तिसुरक्षा नियन्त्रणमा मुग्लिङ प्रहरीले रातको समयमा विशेष सक्रियता बनाएको छ । देशको प्रमुख राजधानी काठमाडौंं भित्रीने मुख्य राजमार्ग यहीँ भएकोले पनि यहाँका प्रहरीहरु २४ सै घण्टा अर्लट भएर बसेका हुन्छन् । उसो, त मुग्लिङमा भुकम्पले भवन झिर्ण हुँदा कार्यसम्पादनका साथै, थुनुवाहरुलाइ समेत अनुसन्धान गर्न कठिनाइ हुँदै आएको छ । भवन निर्माण र प्रहरीलाई सहज सेवा उपलब्ध गराउनुपर्ने बिषयमा कोही पनि चुइक्क बोल्दैनन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्