सर्वोच्चको फैसलाबारे माधव नेपालले कसलाई गरे हिन्दी भाषामा ब्रिफिङ ? (हेर्नुहोस् भिडियो)
नेपालमा राजनीतिक अस्थिरता चाहाने तत्वको गोटी नेपाली नेताहरु बनेको आभाष
काठमाडौं, १२ फागुन । सर्वोच्चले फैसला गरेको केही घण्टा वित्न नपाउँदै बाहिरिएको उक्त भिडियोमा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा नेता माधवकुमार नेपालले हिन्दी भाषामा सर्वोच्चले गरेको निर्णयबारे कसैलाई ब्रिफिङ गरेको र बधाई खाइरहेको दृश्यले नेताद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालप्रति गम्भीर आशंका पैदा गरेको छ ।
भारतका कतिपय नेताहरुले समेत सर्वोच्चको फैसलालाई लिएर आ–आफ्नो प्रतिक्रिया जनाइरहेका बेलामा नेता नेपालले गरेको उक्त ब्रिफिङले नेपालमा राजनीतिक अस्थिरता चाहाने तत्व बाहिरकै भएको र उक्त तत्वको गोटी नेपाली नेताहरु बनेको आभाष भिडियोले दिलाउँछ ।
चितवनको एक होटेलमा बसेका उनीहरुले सञ्चारमाध्यमलाई दिएको प्रतिक्रिया र हिन्दी भाषामा गरिएको ब्रिफिङकाबारे भिडियो सार्वजनिक भएको हो । होटेलमा बसिरहेका बेला प्रचण्डले कुनै सञ्चार माध्यमका पत्रकारलाई प्रतिक्रिया दिदै गरेको र सँगै रहेका माधव नेपाल भने कसैसँग टेलिफोनमा सम्बाद गर्दै गरेका छन् ।
प्रचण्डको कुराकानी सामान्य भए पनि माधव नेपालले भने असामान्य रुपमा हिन्दी र अङ्ग्रेजी भाषामा घटनाक्रमबारे कोही व्यक्तिलाई जानकारीका साथै थप बुझाउने प्रयत्न गरिरहेको देखिन्छ ।
त्यस्तै भारत–नेपाल मामिलाका विज्ञ डा. निहार आर नायकले नेपालको सर्वोच्च अदालतले लिएको निर्णयले नेपालका संस्थाहरु प्रजातान्त्रिक मूल्य र मान्यताको रक्षा गर्न सक्षम छन् भन्ने देखिएको प्रतिक्रिया दिएका छन् ।
हेर्नुहोस् भिडियो–
प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले सदर गरेसँगै भारतीय नेताहरुको सक्रियता बढेको छ । भारतीय जनता पार्टीका नेता एंव राज्यसभा सांसद सुव्रण्यम स्वामीले नेपालबाट शुभ समाचार आएको प्रतिक्रिया दिइसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माधव नेपालले कसलाई गरे हिन्दी भाषामा ब्रिफिङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्