Techie IT
बुधबार, वैशाख २४,२०८२

सर्वोच्चको फैसलाबारे माधव नेपालले कसलाई गरे हिन्दी भाषामा ब्रिफिङ ? (हेर्नुहोस् भिडियो)

नेपालमा राजनीतिक अस्थिरता चाहाने तत्वको गोटी नेपाली नेताहरु बनेको आभाष


काठमाडौं, १२ फागुन । सर्वोच्चले फैसला गरेको केही घण्टा वित्न नपाउँदै बाहिरिएको उक्त भिडियोमा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा नेता माधवकुमार नेपालले हिन्दी भाषामा सर्वोच्चले गरेको निर्णयबारे कसैलाई ब्रिफिङ गरेको र बधाई खाइरहेको दृश्यले नेताद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालप्रति गम्भीर आशंका पैदा गरेको छ ।

भारतका कतिपय नेताहरुले समेत सर्वोच्चको फैसलालाई लिएर आ–आफ्नो प्रतिक्रिया जनाइरहेका बेलामा नेता नेपालले गरेको उक्त ब्रिफिङले नेपालमा राजनीतिक अस्थिरता चाहाने तत्व बाहिरकै भएको र उक्त तत्वको गोटी नेपाली नेताहरु बनेको आभाष भिडियोले दिलाउँछ ।

चितवनको एक होटेलमा बसेका उनीहरुले सञ्चारमाध्यमलाई दिएको प्रतिक्रिया र हिन्दी भाषामा गरिएको ब्रिफिङकाबारे भिडियो सार्वजनिक भएको हो । होटेलमा बसिरहेका बेला प्रचण्डले कुनै सञ्चार माध्यमका पत्रकारलाई प्रतिक्रिया दिदै गरेको र सँगै रहेका माधव नेपाल भने कसैसँग टेलिफोनमा सम्बाद गर्दै गरेका छन् ।

प्रचण्डको कुराकानी सामान्य भए पनि माधव नेपालले भने असामान्य रुपमा हिन्दी र अङ्ग्रेजी भाषामा घटनाक्रमबारे कोही व्यक्तिलाई जानकारीका साथै थप बुझाउने प्रयत्न गरिरहेको देखिन्छ ।

त्यस्तै भारत–नेपाल मामिलाका विज्ञ डा. निहार आर नायकले नेपालको सर्वोच्च अदालतले लिएको निर्णयले नेपालका संस्थाहरु प्रजातान्त्रिक मूल्य र मान्यताको रक्षा गर्न सक्षम छन् भन्ने देखिएको प्रतिक्रिया दिएका छन् ।

हेर्नुहोस् भिडियो–

प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले सदर गरेसँगै भारतीय नेताहरुको सक्रियता बढेको छ । भारतीय जनता पार्टीका नेता एंव राज्यसभा सांसद सुव्रण्यम स्वामीले नेपालबाट शुभ समाचार आएको प्रतिक्रिया दिइसकेका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माधव नेपालले कसलाई गरे हिन्दी भाषामा ब्रिफिङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:18 am6:42 pm +0545