एसपी अधिकारीको एक्सन : अवैध लागूऔषध सहित दुइ जना पक्राउ

चितवन । चितवन प्रहरीले जिल्लाको विभिन्न स्थानबाट अवैध लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले गत, फागुन ५ गते बिहान ११ बजे भरतपुर महानगरपालिका वडा नंम्बर १७ स्थित गाँजीपुरबाट लागूऔषध (खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ) २ ग्राम ८७० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २७ को धिरज लामा र फागुन ६ गते दिउँसो ३ बजे भरतपुर महानगरपालिका वडा नंम्बर १० ज्ञानदर्शन चोकबाट भरतपुर १७ बस्ने बर्ष ३० का गोबिन्द राउतलाइ पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका राउतको साथबाट प्रहरीले लागूऔषध (खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ) १ ग्राम ५७ मिलिग्राम समेत बरामद गरेको जनाएको छ ।
पक्राउ परेका दुवैलाइ सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए । चितवनको प्रहरी प्रमुखका रूपमा नेतृत्व गर्न एसपी अधिकारी चितवन आइसकेपछि उनी यहाँको शान्तिसुरक्षामा “नो कम्परमाइज” सहित एक्सनमा नै उत्रिएका छन् । जसले गर्दा एकपछि अर्को गर्दै उनले सफलता हासिल गरिरहेका छन् ।
यसअघि उनी आएकै दिन अर्थात फागुन २ गते पनि लामो समयदेखि वृद्धको हत्या गरेर फरार रहेकी मकवानपुर थाहा नगरपालिकाकी शोभा बिकलाइ पक्राउ गरेर कानुुुनको कठघरामा उभ्याउन समेत सफल भएका थिए । पछिल्लोपटक एसपी अधिकारीले चालेको कदमले जिल्लामा शान्तिसुरक्षामा सुदृढ हुने अनुभुती समेत यहाँका स्थानीयले गरेका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्