प्रचण्ड–माधव नेपाल समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेर्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड – माधव नेपाल समूहले आज विहिबार मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ ।प्रधानमन्त्री केपी वलीले गरेको
्संसद विघटनलाई असंवैधानिक र कदम र निरङ्कुशताको संज्ञा दिदै आएको उक्त समुहले आज अपराह्न चार बजेदेखि पाँच बजेसम्म एक घण्टा मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्न लागेको हो ।
यसका लागि उक्त समुहले उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुलाई तोकिएको निश्चित स्थानमा भेला हुन समेत निर्देशन दिएको छ । सोहि अनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म, मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म र विद्यार्थी संगठनका नेता र कार्यकर्ताहरुलाई भद्रकालीदेखि सुन्धारासम्मको स्थान तोकेको छ ।
प्रचण्ड – माधव नेपाल समूहले संसद विघटनको विरोधमा यस अघि तीन चरणका आन्दोलन सम्पन्न गरिसकेको छ ।
पाँच गतेदेखि १५ गते सम्म घोषणा गरेको आन्दोलनका तालिका अन्तगर्तको यस समुहले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्न लागेको बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #news, #प्रचण्ड – माधव नेपाल समूह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्