Techie IT
बुधबार, वैशाख २४,२०८२

आजदेखि कोरोना सविरुद्धको ‘कोभिशिल्ड’ खोप सरकारी कर्मचारी र जनप्रतिनिधिलाई


सरकारले पहिलो चरणको दोस्रो अभियानअन्तर्गत आजदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप वितरण गर्दैछ ।

दोस्रो अभियान अन्तर्गत आजदेखि ८ गतेसम्म देशका ७७ जिल्लाका सरकारी संस्थान, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थामा काम गर्ने र पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई खोप दिइने स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा.तारानाथ पोखरेलले बताए ।

यसबाहेक काठमाडौं बाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि खोप दिने तयारी छ ।

पहिलो प्राथमिकतामा परेका व्यक्तिबाट बचेको खोप अहिले दोस्रो अभियानअन्तर्गत लगाउने तयारी गरिएको हो । यसअघि पहिलो प्राथमिकतामा परेका चार लाख ३० हजार जनालाई पहिलो प्राथमिकतामा राखे पनि अहिलेसम्म एक लाख ९० हजारभन्दा धेरैले मात्र खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा.तारानाथ पोखरेलले खोप लगाएकाहरूलाई अहिलेसम्म गम्भीर खालका स्वास्थ्य समस्या नदेखिएको बताए । टाउको दुख्ने, ज्वरो आउने जस्ता सामान्य समस्या भने देखिएको उनले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mist
5:18 am6:42 pm +0545