३२० पत्रकारले खोप लगाए
कोरोना

काठमाडौँ, २७ माघ । पत्रकारहरुलाई कोरोना बिरुद्धको खोप दिन शुरु गरिएको आज दोस्रो दिन उपत्यकाका ३२० जना पत्रकारले खोप लगाएका छन् । पत्रकारका लागि तोकिएको खोप केन्द्र नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर उनीहरुले खोप लगाएका हुन् ।
स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रिबहादुर खड्काले अपरान्ह विहान १० देखि अपरान्ह ४ बजेसम्म ३२० जना पत्रकारहरुले खोप लिएको जानकारी दिए ।
हिजो पहिलो दिन २२६ जना पत्रकारहरुले खोप लिएका थिए ।
यस्तै आज त्रिवि शिक्षण अस्पतालमा दुतावास तथा कुटनीतिक नियोगका गरी १७ जनाले खोप लगाएका छन् । शहीद गंगालाल हस्पिटलमा भने आज खोप लिन एक जना पनि नगएको खड्काले बताए ।
सरकारले कोरोना विरुद्धको खोप अभियान अन्तरगर्त पहिलो चरणमा फ्रन्टलाइन हेल्थ वर्कर र त्यससंग सम्वन्धीत कर्मचारीहरुलाई ११ दिन खोप दिएपछि सोमबारबाट पत्रकार, युएन एजेन्सीका कर्मचारी, कुटनीतिक नियोग र राजदूतावासका कर्मचारीलाई खोप दिन शुरु गरेको थियो । यो क्रम आगामी शुक्रबारसम्म चल्नेछ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार, स्थानीय, स्वास्थ्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्