२२६ जना पत्रकारले खोप लगाए
पत्रकार

काठमाडौँ, । पत्रकारहरुलाई खोप लगाउन शुरु गरिएको आज पहिलो दिन काठमाडौँ उपत्यकामा कार्यरत २२६ जना पत्रकारले खोप लगाएका छन् । नयाँ बानेश्वरस्थित सिभिल अस्पताल खोप केन्द्रमा सूचना विभाग प्रेस पास वा नेपाल पत्रकार महासंघको परिचय पत्र बोकेका २२६ जना पत्रकारहरुले खोप लगाएका हुन् ।
सिभिल अस्पतालमा विहान १० देखि अपरान्ह ३ : ३० बजेसम्म खोप दिइएको थियो ।
यसैगरी आजबाट पाटन अस्पतालमा संयुक्त राष्ट्रसंघीय निकायमा कार्यरत कर्मचारीहरुलाई खोप दिईदै छ । त्रिवि शिक्षण अस्पताल तथा शहीद गंगालाल हृदयकेन्द्र बाँसबारीमा राजदूतावास तथा कुटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुका लागि खोप दिन सुरु गरिएको छ । यो खोप अभियान आगामी शुक्रबारसम्म चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत १४ माघ देखि शुरु भएको खोप अभियानमा शुरुमा फ्रन्टलाइन हेल्थ वर्करहरुलाई खोप दिइएको थियो । गत शनिबारसम्म कुल १ लाख ८४ हजार ८५७ जनालाई लगाइ सकिएको छ ।
भारत सरकारले अनुदानमा उपलव्ध गराईएको १० लाख डोज कोभिसिल्डबाट अभियान जारी रहेको छ
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्