सापकोटालाई कारवाही, को बन्ला युवा संघको संयोजक
राष्ट्रिय युवा संघ

काठमाडौं । नेकपा निकट राष्ट्रिय युवा संघको केपी ओली पक्षले आजबाट केन्द्रीय कमिटी बैठक बोलाएको छ । अहिले तुल्सीलाल स्मृति भवनमा बैठक बसिरहेको छ । बैठकले संघका संयोजक रामप्रसाद सापकोटालाई कारवाही गरेको छ ।
सापकोटालाई संयोजक हटाएर आज नै संयोजकको जिम्मा दिइने छ । संयोजकका लागि संघका सहसंयोजक रमेश पौडेल, किरण पौडेल र बचनवहादुर सिंह लागिपरेका छन् । स्रोतका अनुसार रमेश पौडेललाई पार्टीको जिम्मा दिएर किरण पौडेललाई संयोजक बनाउने तयारी गरिएको छ ।
रमेश नेकपा एकीकरणअघि तत्कालीन एमालेको युवा संघका अध्यक्ष थिए भने एकीकरणपछि सहसंयोजक छन् । किरण पौडेललाई संयोजक बनाउन प्रधानमन्त्री केपी शर्मा ओली र महेश बस्नेतको साथ छ । तत्कालीन माओवादी सम्बद्ध वाईसीएल नेपालको एउटा समूह समेत आजैबाट ओली पक्षीय युवासंघमा समाहित हुने भएको छ ।
ओली पक्षले युवा संघलाई बहुपदीय संरचनामा फर्काउने भएको छ । ६ वर्षदेखि महाधिवेशन नहुँदा धेरै नेताको उमेर ४० कट्न लागेकाले नेतृत्व विकासमै अवरोध भएको भन्दै अध्यक्ष, उपाध्यक्ष, महासचिवसहित पदाधिकारी चयन गरेर केन्द्रीय कमिटी विस्तार गर्न लागिएको हो ।
रमेश अध्यक्ष भइसकेकाले उनलाई पार्टीमा जिम्मेवारी दिएर किरणलाई अध्यक्ष बनाउने प्रस्ताव महेश बस्नेतले गरेका छन् । तर रमेश र वचनले पनि आफूहरु ४० वर्ष पुग्न केही महिनामात्र बाँकी रहेकाले युवा संघको नेतृत्व गरेर बिदा हुन पाउनुपर्ने माग गरेका छन् ।
त्यस्तै महासचिवका लागि क्षितिज थेबेको दाबी छ भने पदाधिकारीमा अन्जना अधिकारी, अमित लामा, उर्मिला सुनुवार, प्रभातविक्रम कटवाल, रोशन बस्नेत लगायतको दावी छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्