प्रधानमन्त्री ओलीको पक्षमा पाँच सयबढी कलाकार हेर्नुहोस सूचि सहित
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले माघ २३ गते राजधानीमा शक्ति प्रदर्शन गर्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले विरोध सभालाई तीव्रता दिएपछि ओली समूहले पनि काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो ।
राजनीतिक व्यक्तित्वहरु, कार्यकता तथा समर्थकहरुसँगै सयांै कलाकारहरु समेत सडकमा शक्ति प्रदर्शनमा जुट्ने भएका छन् । कलकारहरुको समूहले त्रिपुरेशवरमा जम्मा भएर दरवार मार्गको सभामा ¥यालि जाने गरि तयारी समेत गरेको जनपक्षीय चलचित्रकर्मी संघले जनाएको छ ।
दिनेश डिसी, रेजिना रेप्रेती, राजेश हमाल, दयाराम दाहाल, भुवन केसी, बर्षा राउत, निखिल उप्रेती, निलहरी काफ्ले, अर्जुन कुमार, दिपेन्द्र के खनाल, उत्तम केसी, शोभित बस्नेत, सुदर्शन थापा, सुनिल माननधर, घनश्याम लामिछाने, बसन्त रिजाल, सपना मल्ल, विमा मैनाली, तैयव शाह, प्रकाश भट्टराई, सबनम मुखिया,
विरेन्द्र भट्ट, निरज कँडेल, लय संग्रैला, घनश्याम खतिवडा, पुजा शर्मा, नरेन्द्र महर्जन, शुशिल पोखरेल, मुश्कान दकाल, हिमाल केसी, संगतिा श्रेष्ठ, दिनेश राउत, सम्रात शाक्य, मनोज श्रेष्ठ, मनोज भटवाल, उपेन्द्र तिमल्सिना, जया ओझा, सलोन बस्नेत, कुमार महर्जन, नागेन्द्र रिजाल, रविन्द्र खड्का, बद्रि अधिकारी, अरुण रेग्मी, सुरज आरडी, केशव घिमिरे, पनाह अधिकारी, जनक कार्कीलगायत सयौं कलाकारहरु प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा भेलामा सहभागी हुने भएको हो ।
राष्ट्रको सार्वभौमसत्ता जनतामा निहीत देशमा जनतासामु निर्वाचनमा जानु प्रधानमन्त्रीको उचित निर्णय, द्धैदेशीय पारवहन सम्झौता गरी नाकाबन्दी भन्ने कुरालाई इतिहास मात्र बनाउँने प्रधानमन्त्रीको कार्य क्षमता, कम्युनिष्ट सरकार भएको देशमा लोकतन्त्रलाई अझ बलियो बनाउन र संविधानको रक्षा गर्न,
सरकारले गरेको राष्ट्रिय योजना र सुखी नेपाली समृद्ध नेपालको अभियान, राष्ट्रिय स्वाधिनताको पक्षमा चट्टान झै अडिग भई आफ्नो भुमी फिर्ता ल्याउने तयारीमा रहेका प्रधानमन्त्रीको दृद संकल्प, राजनीतिक संस्कारलाई बिर्सदै आफ्नै दलको सरकार समेत ढाल्न लागिपर्ने अराजकहरुको अराजकताको अन्त्य गर्न
र प्रतिगमन भो भन्दै गलत प्रचार गर्नेहरुलाई अग्रगमनको बाटो देखाउँदै सजग बनाउन कलाकारहरु पनि केपी शर्मा ओली नेतृत्वको नेकपामा समर्थन जनाउँदै २३ गतेको भेलामा उपस्थिती जनाउने तयारी भएको जनपक्षिय चलचित्रकर्मी संघले जनाएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ओलीको पक्षमा पाँच सयबढि कलाकार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्