शहीद गङ्गालालको अर्धकदको शालिक अनावरण

१७ माघ, काठमाण्डौँ
शहीद दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–१९ प्याफल चोकमा निर्माण भएको शहीद गङ्गालाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गरिएको छ । वडा नं १९ को करिब रु छ लाखको लागतमा शालिक निर्माण गरिएको वडा सदस्य चन्द्रमान डङ्गोलले जानकारी
दिएका छन ।
प्याफल चोक शहीद गङ्गालालको पुख्र्यौली थलो हो । बाबु आमाको जागीरको सिलसिलामा रामेछापमा गङ्गालालको जन्म भएपनि उहाँको स्थायी ठेगाना प्याफल चोक नै भएको वडा कार्यालयले जनाएको छ ।
प्याफल चोकमा गङ्गालालको शालिक अनावरणपछिको सभामा वडाध्यक्ष शशीलाल श्रेष्ठले सो चोकलार्ई गङ्गालालको नामबाट गङ्गालाल चोक घोषणा गर्नुभयो । शालिक राख्न नभई राम्रो काम गरेर गङ्गालाल शहीद भएकाले त्यही बाटो अनुशरण गर्न उहाँले आह्वान गर्नुभयो । गङ्गालाल क्लबका अध्यक्ष अशोकमान वज्राचार्यले देशका लागि जीवन समर्पण गर्ने महान शहीदको राज्यले उचित सम्मान दिनुपर्नेमा जोड दिनुभयो ।
यसअघि विसं २०४६ मा प्रजातन्त्र पुनस्र्थापनाका लागि भएको जनआन्दोलनमा शहादत प्राप्त गर्ने निर्गुण स्थापितको शालिकमा पनि माल्यार्पण गरिएको थियो । यट्खा चोकमा रहेको स्थापितको शालिकमा वडाध्यक्ष श्रेष्ठलगायत वडाबासीले माल्यार्पण गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्