Techie IT
मंगलबार, वैशाख २३,२०८२

यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु


काठमाडौँ, १४ माघ । माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदका परिवार, वेपत्ता पारिएका व्यक्तिका परिवार लगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेश गर्ने गरी समिति गठन गरेको हो ।

बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा खानेपानी मन्त्री मणिचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे सदस्य रहेका छन् ।

समितिले आगामी मन्त्रिपषिदमा पेश गर्ने गरी हालसम्म भएका सम्पूर्ण लोकतान्त्रिक आन्दोलन, सशस्त्र द्वन्द्वमा होमिएका शहिदका परिवार, घाइतेलगायतको अभिलेख संकलन गर्नेछ ।

त्यस्तै बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खरेज गर्ने निर्णय गरेको छ । वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ अनुरुप बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएका बाहेकका सरकारद्धारा व्यवस्थित वन, सामुदायिक वन र साझेदारी वनमा कटान भई घाटगद्दीमा रहेका वन र क्षेत्रमा विभिन्न अवस्थामा रहेका काठ दाउरा प्रचलित कानूनबमोजिमको प्रक्रिया पूरा गरी सदुपयोग, विक्री वितरण तथा ओसारपसार खुल्ला गर्ने निर्णय पनि गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मन्त्रिपरिषदका निर्णयहरु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:18 am6:41 pm +0545