बुलन्द आवाज हेल्थपोस्ट बनाउ अभियानमा एकै दिन पाँच लाख संकलन
तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिका भित्रकै पिछडीएको भूभाग कुन्चीप्वाकल , साङ्गलामा बुलन्द आवाज हेल्थपोस्ट बनाउ अभियान शुरु भएको छ । संचारकर्मी राजन नेपालको बिशेष अगुवाईमा हेल्थपोस्ट बनाउ अभियान अन्र्तगत हाल डि.पि.सी सम्मको कार्य सम्पन्न भएको छ ।
संचारकर्मी रबि लामिछाने , तारकेश्वरका मेयर रामेश्वर बोहरा लगायत बिभिन्न सामाजिक अभियान्ताहरुको उपस्थीतीमा शिल्यानास भएको सो हेल्थपोस्ट बनाउ अभियानमा देश बिदेशबाट सहयोग आउने क्रम जारी छ ।
यसै सन्र्दभमा सोही अभियान अन्र्तगत तारकेश्वर चुनीमा बिषेश कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा समाजसेवी एवं सामाजिक अभियान्ता नन्दा शिँह , समाजसेवी सामाजिक अभियान्ता ज्वाला संग्रौला , कृषि महासंघ का सस्थापक अध्यक्ष उद्वव अधिकारी , तारकेश्वर नगरपालीकाकी उपमेयर , भवानी डोटेल , वडा अध्यक्ष बिदुर सापकोटा लगायत स्थानीयहरुको बाक्लो उपस्थीती रहेको थियो ।
सानै भएपनि गाँउमा स्वास्थ चौकी बन्ने आशाले प्रफुल्लीत साङ्गलाबासीहरुले एकै दिन पाँच लाख तिस हजार रुपैया सहयोग गरेका छन ।
स्वास्थका हिसावले निकै पिछडीएको साङ्गला कुन्चीप्वाकलमा सो स्वास्थचौकी संचालन पछि निकै राहत हुने बिश्वास लिइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बुलन्द आवाज हेल्थपोस्ट बनाउ अभियान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्