ओली समूहमा काठमाडौंका तीनै तहमा बहुमत जनप्रतिनिधि
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले केन्द्रमा देखिएको विभाजन प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म पुगेको छ ।
यसको असर विघटित प्रतिनिधि सभादेखि प्रदेश सभा हुँदै स्थानीय तहका जनप्रतिनिधिमा पनि परेको छ । यसैक्रममा निर्वाचित जनप्रतिनिधिहरु पनि नेकपाका दुईमध्ये एक समूहमा खुल्नेक्रम जारी छ ।
सबै तहका जनप्रतिनिधि तथा नेता, कार्यकर्ता अहिले आफ्नो समूह कुन हो भन्ने विषयमा प्रष्ट खुल्न थालिसकेका छन् । स्थानीय ११ वटा तहमध्ये मेयर र उपमेयर गरी नेकपाका १५ जना जनप्रतिनिधि रहेका छन् । तीमध्ये ९ जना ओलीको पक्षमा खुलेका छन् । २ जना तटस्थ रहेका छन् । प्रचण्ड-माधव पक्षमा ४ जनामात्रै खुलेका छन् ।
उपत्यकाका तीनमध्ये काठमाडौंबाट प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कित्ता प्रष्ट पारेका छन् ।
काठमाडौंका अधिकांश जनप्रतिनिधि नेकपाको ओली समूहमा खुलेका छन् । प्रतिनिधि सभाका ६ मध्ये ४ जना, प्रदेशका १६ मध्ये १२ जना ओली समूहमा खुलेका छन् । प्रचण्ड-माधव पक्षमा प्रतिनिधि सभाका २ र प्रदेशका ४ जना खुलेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ओली समूह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्