Techie IT
शनिबार, जेठ ४,२०८२

नेकपाका दुवै पक्षलाई सुधारसहितको प्रतिवेदन सात दिनभित्र आयोगमा पेस गर्न पत्राचार


काठमाडौं, २४ पुस । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षलाई सुधारसहितको प्रतिवेदन सात दिनभित्र आयोगमा पेस गर्न पत्राचार गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको आयोग बैठकले गरेको निर्णय अनुसार पत्राचार गरेको बताइएको छ । आयोगले नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरेर अलग–अलग पत्राचार गरेको हो ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएसँगै नेकपाभित्रको विवाद आयोगमा पुगेको छ । आयोगले दोस्रो पटक राजनीतिक दलसम्बन्धी नियमावली अनुसार दुवै पक्षलाई पत्र पठाए पनि दुवै पक्षले आयोगले भनेअनुसार नभई दफा ५१ अनुसार पार्टी विधान संशोधन र पदाधिकारी हेरफेरको मात्र जानकारी गराएको आयोगले जनाएको छ ।

दफा ४४ अनुसार दाबी नपर्दा आयोग अलमलमा छ । आयोगले ऐनको दफा ४४ को उपदफा १ लाई खुलाएर दलको नाम, झन्डा वा चिह्नसम्बन्धी विवादमा ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आधार र प्रमाणसहित पेस गर्न गत आइतबार नेकपाका दुवै पक्षलाई पत्राचार गरेको थियो ।

त्यसको जवाफमा दुवै पक्षले नेकपाको आधिकारिक पक्ष आफूहरू नै भएको दाबी गरेपछि आयोगले फेरि अर्को पत्र पठाउने निर्णय गरेको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपाका दुवै पक्ष


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mist
5:12 am6:48 pm +0545