अब १० करोडभन्दा बढीको कारोबार गर्ने सहकारीले राष्ट्र बैंकलाई रिपोर्टिङ गर्नुपर्ने
काठमाडौँ, २३ पुस । सहकारी संस्थाहरुले आफ्नो कारोबारको नेपाल राष्ट्र बैंकलाई रिपोर्टिङ गर्नुपर्ने भएको छ ।
अब १० करोडभन्दा बढीको कारोबार गर्ने सहकारी संस्थाहरुले गोएएमएल सफ्टवेयर सिस्टममार्फत नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाईमा एसटिआरर टिटिआरको रिपोर्टिङ गर्नुपर्ने सहकारी विभागले जनाएको छ ।
आगामी साउनदेखि १० करोडभन्दा बढी निक्षेप तथा पुँजी भएका बचत तथा ऋण सहकारी संस्थाले गोएमएल मार्फत रिपोर्टिङ गर्नुपर्ने छ ।
सम्पत्ति सुद्धीकरण निवारण सम्बन्धी सहकारी संघ संस्थालाई जारी गरेको निर्देशन, २०७४ को दफा १९ र २० बमोजिम यस्तो नियम लागु हुने भएको हो ।
यसअन्तर्गत सहकारी संस्थाहरुले सीमा कारोबार (टिटिआर), शंकास्पद कारोबार प्रतिवेदन (एसटिआर) राष्ट्र बैंक पठाउने व्यवस्था गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सहकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्