अदालतमा मुद्दा विचाराधीन रहेका कारण कांग्रेसले केही नबोल्ने :देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनबारे अदालतमा मुद्दा विचाराधीन रहेका कारण कांग्रेसले केही नबोल्ने बताएका छन् ।
यद्यपि, उनले प्रतिनिधिसभा विघटन गर्ने कदम गलत भएको बताएका छन् । तर, अदालतमा पुगेको मुद्दालाई प्रभावित हुने गरी कांग्रेसले केही नगर्ने देउवाको भनाइ छ ।
संसद् विघटनको विरोधमा कांग्रेस भक्तपुर क्षेत्र नं २ ले सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अदालत स्वतन्त्र निकाय भएकाले उसको विश्वास गर्नुको विकल्प नभएको पनि बताएका छन् ।
‘कांग्रेसले अदालतको निर्णय कुरिरहेको छ’, देउवाले भने, ‘निर्णय आएपछि कांग्रेसले के गर्नु पर्ने हो त्यो गर्छ । तर अहिले नै हाम्रो बोल्ने कुरै छैन ।’ पक्ष वा विपक्षमा जस्तो निर्णय दिए पनि सर्वोच्चको निर्णयलाई कांग्रेसले आत्मसात गर्ने देउवाको भनाइ छ ।
प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेपछि कांग्रेसले आज देशैभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको हो ।
सरकारले यही पुस ५ मा राष्ट्रपतिमार्फत प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते नयाँ निर्वाचन मिति घोषणा गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #देउवा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्