Techie IT
मंगलबार, वैशाख २३,२०८२

कोभिड विरुद्ध आयो खोप, बेलायत भयो पहिलो


काठमाडौं (बीबीसी) । बेलायत सरकारले फाइजर बायोएनटेक खोप प्रयोगमा स्वीकृति दिएको छ । कोभिड–१९ विरुद्ध खोपलाई अनुमति दिने बेलायत विश्वकै पहिलो मुलुक पनि बनेको छ।

बेलायतको यससम्बन्धी नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो खोप आगामी सातादेखि वृहद रुपमा लगाउन सुरु गरिने बीबीसीले जनाएको हो ।

कोभिडविरुद्धको सो खोप लगाउन केही दिनमै सर्वाधिक जोखिममा रहेका मानिसबाट सुरु गरिने ती संस्थाले जनाएका छन् । बेलायत सरकराले सो खोपको चार करोड मात्रा किनिसकेको छ । यसले २ करोड मानिसलाई लगाउन पुग्छ ।

– कोभिड खोपः ‘कोशेढुङ्गा’ भनिएको पहिलो खोपबाट ९० प्रीतशत सुरक्षा
– कोरोना भाइरसविरुद्ध बन्ने खोप धनी देशले थुपार्ने सम्भावना कति

तीमध्ये एक करोड मात्रा तुरुन्तै उपलब्ध हुने र आठ लाख मात्रा केही दिनमा आइपुग्ने बताइएको छ।

खोपको इतिहासमा यो सबैभन्दा छिटो स्वीकृति पाउने खोप पनि बनेको छ। दश महिना अवधिमा यो खोप योजनाबाट अनुमतिसम्म आइपुगेको हो । कतिपय खोपका लागि यो अवधि एक दशकभन्दा लामो भएका थिए।

कोभिड प्रभावितलाई लक्षित गर्दै बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले ‘सहयोग आउँदै छ’ भनेर ट्वीट गर्नुभएको छ ।

यसैगरी एनएचएसका प्रमुख कार्यकारी सर साइमन स्टेभेन्सले बेलायतको स्वास्थ्य सेवाले देशको इतिहासमै सबैभन्दा बृहत् खोप कार्यक्रमको तयारी गरिरहेको जानकारी दिनु भएको छ ।

खोप कार्यक्रमका लागि लगभग ५० अस्पताल तयारी अवस्थामा राखिएको र अन्य खोप केन्द्रहरू पनि तयार गर्न थालिएको समाचार बीबीसीले प्रकाशित गरेको छ ।

विज्ञहरूले खोप सुरु भएपछि पनि मानिसहरू सतर्क हुनुपर्ने र स्वास्थ्य सावधानीहरू अपनाउनु पर्ने बताएका छन्।

– कोरोनाभाइरसको खोप नेपालमा कहिलेसम्म आउला, प्राथमिकता सूचीमा को ?
–नेपालमा कोभिड–१९ खोप दिन अर्बौँ रुपैयाँ आवश्यक, कसले बेहोर्छ खर्च ?

यो कस्तो खोप हो ?

यसले सम्पूर्ण रूपमा प्रयोगात्मक प्रक्रिया अपनाएको छ जसमा मानव शरीरको रोग प्रतिरोधी क्षमतालाई कोरोना भाइरसविरूद्ध लड्न अभ्यस्त तुल्याउन उक्त भाइरसको जेनेटिक कोडको एक भागलाई सुईमार्फत शरीरमा प्रवेश गराउने विधि स‌ंलग्न छ ।

पहिलेका परीक्षणहरूले उक्त खोपले शरीरलाई कोरोन भाइरससँग लड्न उक्त भाइरसविरोधी एन्टिबडी निर्माण गर्न र टि–सेल भनिने शरीरको रोग प्रतिरोधी क्षमताको अर्को भाग तयार पार्न अभ्यस्त तुल्याउने देखाएका थिए।

तीन हप्ताको अन्तरालमा उक्त खोपको दुई मात्रा आवश्यक पर्दछ।

अमेरिका, जर्मनी, ब्रजिल, आर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परीक्षणहरूमा खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकाहरूमध्ये ९० प्रतिशतलाई कोरोना भाइरस सङ्क्रमणबाट आराम भएको देखिएको थियो ।

औषधि निर्माण कम्पनी फाइजरको विश्वासमा उसले यो वर्षको अन्त्यसम्ममा पाँच करोड मात्रा खोप आपूर्ति गर्न सक्नेछ । सन् २०२१ को अन्त्यसम्ममा उक्त कम्पनीले १ अर्ब ३० करोड मात्रा आपूर्ति गर्न सक्ने जनाइएको छ ।

यो पनि जानी राखौं :


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोभिड विरुद्ध आयो खोप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:18 am6:41 pm +0545