Techie IT
शुक्रबार, जेठ ३,२०८२

नुवाकोट, रसुवा र सिन्धुपाल्चोकलाई मिलाएर छुट्टै राष्ट्रिय निकुञ्ज बनाउने तयारी


नुवाकोट । सरकारले नुवाकोट, रसुवा र सिन्धुपाल्चोकलाई मिलाएर छुट्टै राष्ट्रिय निकुञ्ज बनाउने तयारी थालेको छ । अहिले भइरहेको लाङटाङ राष्ट्रिय निकुञ्जसँगै अर्को एउटा निकुञ्ज थप्न गृहकार्य सुरु गरिएको हो । हालको लाङटाङ राष्ट्रिय निकञ्जअन्तर्गत रहेका मध्यवर्ती क्षेत्र र लाङटाङ राष्ट्रिय निकञ्जकै केही भूभागलाई समेटेर नयाँ निकुञ्ज बनाउन अध्ययन सुरु भइरहेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अहिले लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेको नुवाकोटको किस्पाङदेखि सिन्धुपाल्चोकको बलेफी खोलासम्मको पूर्वी भागमा अलग्गै निकञ्ज बनाउने तयारी थालेको हो । प्रस्तावित निकुञ्जको नाम भने सम्बन्धित निकुञ्ज कार्यालयलगायत सरोकारवाला निकायसँगको छलफलबाट तय गरिने भएको छ । ‘विभागको तत्काल सधार रणनीतिक योजनामा तीनवटा नयाँ निकुञ्ज थप्ने प्रस्ताव गरिएको हो ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव प्रेमनारायण कँडेलले विभागको नेतृत्व गरेलगत्तै विभागको रणनीतिक योजना तयार गरी कार्यान्वयनका लागि अघि बढाइएको हो । भूगोल धेरै समेटेर निकञ्ज बनाइएकाले व्यवस्थापन–संरक्षणमा समस्या उत्पन्न भएपछि भइरहेकै क्षेत्रलाई टुक्र्याउने र नयाँ भूभागलाई थपेर नयाँ निकुञ्ज बनाउने तयारी सुरु गरिएको हो ।

राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा ‘सरकारले आवश्यक ठानेमा कुनै क्षेत्रलाई त्यसको चार किल्लासमेत खोलिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरी राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्र घोषणा गर्न सक्ने’ व्यवस्था रहेको छ । लाङटाङ राष्ट्रिय निकञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले अहिले निकुञ्ज तीनवटा जिल्लाको ठूलो क्षेत्रफलमा फैलिएको र त्यसको उचित व्यवस्थापन–संरक्षण हुन नसकेकाले नुवाकोटको कटुम्साङदेखि सिन्धुपाल्चोकसम्मको भागलाई अलग्गै निकञ्ज बनाउन लागेको बताइन् । थोरै जनशक्ति र बजेटका कारण सोचेअनुसार निकुञ्ज व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ ।

अहिलेपनि नुवाकोट र सिम्धुपाल्चोकको क्षेत्रमा समेत पर्यटकीय सम्भावना बोकेका गन्तव्य प्रशस्त भएपनि रसुवा क्षेत्रमा फैलिएको लाङटाङ क्षेत्रमा मात्र पर्यटकीय हिसाबले बढी ध्यान गएको छ । प्रमुख संरक्षण अधिकृत रानाका अनसार १७ सय १० वर्गकिलोमिटरमा रहेको लामटाङ राष्ट्रिय निकञ्जको आधाभन्दा बढी भाग नवाकोट र सिन्धुपाल्चोकमा फैलिएको छ । आधा भागलाई नयाँ निकञ्ज बनाइयो भने संरक्षणसँगै पर्यटकीय गतिविधिसमेत बढ्ने उनको भनाइ छ ।

नुवाकोट र सिन्धुपाल्चोकको भागसमेत जैविक विविधता र सांस्कृतिक विविधताका हिसाबले धनी छ । सरकारको तथ्याङ्कअनसार नेपाल आउने ६० प्रतिशत पर्यटकले निकुञ्जसहितका संरक्षित क्षेत्रको भ्रमण गर्ने गरेका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #राष्ट्रिय निकुञ्ज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:12 am6:47 pm +0545