Techie IT
आईतबार, माघ १३,२०८१

तिनपिप्लेमा रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं ३ तिनपिप्लेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विभिन्न अस्पतालहरुमा  फ्रेस ब्लडको अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक तिनपिप्ले टोलविकास संस्थाका प्रतिनिधि बासुदेव घिमिरेले साझापाना अनलाइनलाई बताए ।

नेपाल रेडक्रस सोसाईटि बालाजु उपशाखा मार्फत हिमालय हस्पिटल र वि एण्ड वि ट्राभल्स को प्रायोजनमा ४२ जनाले रक्तदान गरेका छन ।

तिनपिप्ले टोलविकास संस्थाले यसअधि पनि विभिन्न किसीमका समाजिक कार्य तथा नागरिकका सरोकारसंग सम्बन्धित विभिन्न किसीमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #तिनपिप्लेमा रक्तदान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
10°
Mist
6:51 am5:40 pm +0545