स्वास्थ्य सेवा विभागमा १९१ जनालाई सरकारी जागिरको अवसर

काठमाडौं, २० कात्तिक । १९१ जनालाई सरकारी जागिरको अवसर खुला भएको छ ।
स्वास्थ्य सेवा विभागले बिहीबार एक सूचना प्रकाशित गरेर १९१ जनालाई ३ महिनासम्मका लागि विभिन्न पदमा आवेदन माग गरेको छ ।
विभागले ७ वटै प्रदेशमा कोरोनासम्बन्धी कन्ट्रयाक्ट ट्रेसिंगलगायतको काम गर्नका लागि भन्दै विभागले कर्मचारी दरखास्त आह्वान गरेको हो ।
कोरोना महामारी व्यवस्थापनमा थप सहयोग पुर्याउन गत भदौ ३१ को निर्णयअनुसार कर्मचारी राख्न लागिएको सूचनामा उल्लेख छ ।
सूचना अनुसार बिरामी प्रोफाइल, प्रयोगशाला सम्बन्धी तथ्यांक व्यवस्थित गर्न स्वास्थ्य सेवा विभाग, महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयलगायतमा काम गर्न तीन महिना अवधिका लागि कर्मचारीहरू राख्न लागिएको हो ।
१८ वर्ष पुगेका र ४० वर्ष ननाघेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र https://dohs.gov.np/ मा उपलब्ध रहेको दरखास्त फारम भर्न सक्ने बताइएको छ ।
विभागले सीआइसीटी सहजकर्ता, अस्पताल विमारी सूचना संयोजक, प्रयोगशाला सूचना व्यवस्थापन सहजकर्ता, सूचना समायोजन तथा विश्लेषण सहजकर्तालगायत पदमा दरखास्त आह्वान गरेको हो ।
हेर्नुहोस् सूचना–
क्याटेगोरी : समाचार
ट्याग : #hot, #स्वास्थ्य सेवा विभाग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्