तारकेश्वर नगरपालिकाको १७ करोड लगानीमा प्रशासनिक भवन बन्ने
काठमाडौं । तारकेश्वर नगरपालिकामा अत्याधुनिक नगर प्रशासनिक भवन बन्ने भएको छ । नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शिव लम्सालले ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेकेदारसँग असोज २९ गते सम्झौता गरेका छन् ।
तारकेश्वर नगरपालिकाको गौरवको योजना अन्तर्गत १७ करोड लगानीमा प्रशासनिक भवन बन्न लागेको छ । भवन निर्माणको लागि जिल्ला समन्वय समितिबाट ६० प्रतिशत र नपुग ४० प्रतिशत रकम तारकेश्वर नगरपालिकाले व्यहोर्ने शर्तमा भवन निर्माण हुनेछ ।

दशैँ लगत्तै जिल्ला समन्वय समितिसँग ६० प्रतिशत रकम सम्झौता हुन लागेको तारकेश्वर नगर पालिकाको प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्सालले बताउनुभयो । काठमाडौंको अन्य नगरपालिकाहरुमा केहीको भवन निर्माण भइसकेको छ भने केहीले सम्झौता गरेर काम सुरु गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका, #प्रशासनिक भवन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्